08th September 2019

चलचित्र ‘पोइ पर्यो काले’ को शिर्ष गीत सार्वजनिक ।

भदौ,२२,२०७६ ।निर्देशक शिशिर राणाको लेखन र निर्देशनमा निर्माण भएको चलचित्र ‘पोइ पर्यो काले’को निर्माण टिमले राजधनीमा आज एक कार्यक्रमको आयोजन गर्दै चलचित्रको पहिलो गीत सार्वजनिक गरेको छ ।अभिनेता सौगात मल्ल, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र नायिका तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ लगाएतको मुख्य भूमिकामा रहेको छ ।उक्त चलचित्रको सार्वजनिक गरिएको शिर्ष गीत लाई निर्माण टिमले चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजानिक गरेको हो ।कार्तिक ८ गते बाट प्रदशनमा आउन लागेको चलचित्रको सार्वजनिक गीतमा नृपेश उप्रेतीको शब्द, संगीतकार अर्जुन पोखरेलको संगीत र गायक रामचन्द्र काफ्ले र गायिका अन्जु पन्तको स्वर रहेको छ । नृत्य निर्देशक रामजी लामिछानेको नृत्य निर्देशनमा तयार भएको भिडियोमा नायिका पुजा शर्मा,सृष्टी श्रेष्ठ नायाक सौगात मल्ल,आकाश श्रेष्ठ लगाएत माथी छाँयाकन गरिएको छ ।भिडियोमा शिव ढकालको छाँयाकन्,तारा प्रकाश ‘किम्भे’को सम्पादन रहेको छ ।कमेडी जनरामा निर्माण भएको चलचित्रको गीत सार्वजनिक कार्यक्रममा चलचित्रका निर्देशक कलाकार तथा पत्रकार हरुको उपस्थित रहेको थियो । दीपक मनांगे र सरोज नेपालीको लगानीमा निर्माण भएको उक्त चलचित्रमा नायक शोहित मानन्धर र नायिका सुरक्षा पन्त को पनि अभिनय रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा आमाला देवी राइ  रहेको छ । रेड बर्ड प्रोडक्सन को ब्यानर मा निर्माण भएको चलचित्र पोइ पर्योम काले मा किरन नेपाली, सृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, बिन्दा खतिवडा, श्याम राइ, गोपाल ढकाल (छन्दे) राजेन्द्र नेपाली (लट्टे)पनी अभिनय रहेको छ ।