06th September 2019

चलचित्र ए मेरो हजुर ३ मा समाबेश गीत परान परान लाई यु ट्युबमा दुइ करोड भन्दा बढि पटक हेरियो ।

भदौ,२०,२०७६ ।गत बर्षको चैत २९ गते प्रदशन भएको नायिका तथा निर्देशक झरना थापा निर्देशित चलचित्र ए मेरो हजुर ३ मा समाबेश गीत परान परान लाई यु ट्युबमा दुइ करोड भन्दा बढि पटक हेरिएको छ ।निर्देशक झरनाले निर्देशन गरेको चलचित्र ए मेरो हजुर २ को सफलता पछी.निर्देशक झरनाले नै निर्देशन गरेको चलचित्र ए मेरो हजुर ३ को उक्त गीत लाई चलचित्रको निर्माण टिमले चलचित्रको प्रचार प्रसारको क्रममा बर्ष ७५ को चैत्र ८ गते शुक्रबार सार्वजनिक गरिएको थियो ।नायक अनमोल के,सी र नायिका सुहाना थापा माथी छायाकन गरिएको उक्त गीत लाई सार्वजनिक गरिएको करिब ६ महिनामा यो समाचार तयार पार्‍दा सम्म दुइ करोड ५३ हजार  ९ सय ५३ पटक हेरी  सकिएको छ । हिमाली भेगमा छाँयाकन गरिएको उक्त गीतमा आनन्द अधिकारीको शब्द आशिश अभिरलको संगीत र संगीतकार आशिश अभिरल र गायिका अन्जु पन्तको स्वर रहेको छ ।सुहाना इन्टरटेण्टमेण्टको प्रस्तुतिमा निर्माता सुनिल कुमार थापाको निर्माणमा निर्मित चलचित्र ए मेरो हजुर ३ मा अनमोल के,सी,सुहाना थापा, अर्पन थापा, सलोन बस्नेत, रबिन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, रेअर राइ,सरोज खनाल लगाएत कलाकार हरुको अभिनय रहेको छ ।नायिका सुहानाले यसै चलचित्र बाट नेपाली रजतपटमा डेब्यु गरेकी थिइन जुन डेब्यु उनको लागी सफल साबित भएको थियो ।