28th April 2019

सम्हालिन्छ कहिले मनमा खुलेकी नायिका पुजा शर्माको तस्बिर ।

बैशाख,१५,२०७६ । त्रिकोणात्मक प्रेम कथामा आधारित रहेर निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भै रहेको चलचित्र सम्हालिन्छ कहिले मनको छायाकन यती बेला नेपालमा भैरहेको छ ।नायिका पुजा शर्मा,नायक आकाश श्रेष्ठको साथमा नव नायक सोनम तोप्देनको मुख्य भुमिका रहेको,चलचित्रको ९० प्रतिशत छायांकन युकेमा सकेर नेपाल फर्किए लगतै चलचित्रको निर्माण टिमले चलचित्रको बाँकी छांयाकन नेपालमै गरी रहेका छन ।चलचित्रको लगभग छायांकन सकिदा पनि पोस्टर बाहेक चलचित्रको निर्माण टिमले अन्य केहि साम्रागी सार्वजनिक गरिएको छैन ।तर चलचित्रकी प्रमुख पात्र नायिका पुजा शर्माले चलचित्र सम्हालिन्छ कहिले मनको लागि कत्तिको उत्साहित हुनु हुन्छ भनेर फ्यानमाझ प्रश्न गर्दै सम्हालिन्छ कहिले मनको सेटबाट आफ्नै फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । प्रर्दशन मिति तय हुन बाँकी रहेको चलचित्रको उक्त तस्बिर सार्वजनिक भए सँगै नायिका पुजाको फ्यानहरुले नायिका पुजाको सुन्दरताको तारिफसँगै फिल्मप्रति उत्साह देखाएका छन् ।