05th September 2019

अभिनेता सुशिल लिएर आउदै चलचित्र बादशाह जुट र लभ डायरिज ।

भदौ,१९,२०७६ । चलचित्र होष्टल रिटन्स बाट नेपाली रजतपटमा डेब्यु गरेका नायक शुशिल श्रेष्ठ अभिनित दुइ चलचित्र यती बेला नेपाली चलचित्रको घरेलु बजारमा प्रदशनको तयारीमा रहेको छ ।उनी अभिनित दुइ चलचित्रमा बादशाह जुट र लभ डायरिज रहेको छ ।कार्तिक १ गते बाट प्रदशन मा आउन लागेको चलचित्र बादशाह जुटमा नायक सुशिल श्रेष्ठको साथमा अमिर गौतम्,  रोबिन तामाङ्, रोशी खड्का, केइशा रावत्, रश्मी पान्डे, दीपक छेत्री, कमल मनी नेपाल लगाएत कलाकार हरुको अभिनयाँ रहेको छ भने नायिका प्रियंका कार्कीको उक्त चलचित्रमा बिशेष भूमिका रहेको छ ।जोनी सिंह राणाको कथा र निर्देशन रहेको चलचित्र बादशाह जुटमा अभिषेक शशि कुमारको लेखन रहेको छ । चलचित्रमा कृष्ण भारद्वाज र कोशिस क्षेत्रीको संगीत,विक्रम स्वाँरको नृत्य,राजकुमार उप्रेतीको द्रन्द,राजु कार्कीको छायाँकन, दिर्घ खड्काको सम्पादन रहेको छ । एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको सहकार्य बनेको चलचित्र बादशाह जुटको  निर्मातामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) रहेका छन् । त्यस्तै चलचित्र लभ डायरिजमा सुशिल श्रेष्ठ, रुबीन थापा, बिश्वजित रिमालको मुख्य भूमिका रहेको छ ।असोज ३ गते बाट प्रदशन मा आउन लागेको निर्देशक सौरभ चौधरी र निर्माता बिनोद सापकोटाको निर्माणमा निर्मित चलचित्र लभ डायरिज चलचित्रमा मधु बास्तोलाको कथा लेखन,सञ्जय लामाको छाँयाकन्,मिलन श्रेष्ठको सम्पादन,अर्जुन पोखरेलको संगीत रहेको छ ।चलचित्र बादशाह जुट मा समाबेश गीत काफल पाक्यो र चलचित्र लभ डायरिज  म समाबेश गीत सुन्यकी सिनेनौ तिमी ले बोल को गीत लाई निर्माण टिम ले सार्वजनिक गरी स्केको छ ।जुन गीत संगीत ले नेपाली दर्शक स्रोता हरुको मन जितिरहेको अवस्था उक्त चलचित्रको निर्माण टिम हरुले अब छिट्टै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको पनि बुजिएको छ ।