04th September 2019

चलचित्र रातो टिका निधारमा को ट्रेलर सार्वजनिक ।

भदौ,१८,२०७६ । चलचित्र ट्रक ड्राइभर,सिता,गरिब,अल्लारे,निरमाया गत बर्ष प्रदशनमा आएको चलचित्र जय भोले जस्ता चलचित्र हरुको निर्माण र निर्देशन गरी सकेका। कलाकार निर्माता तथा निर्देशक अशोक शर्माको निर्माण र निर्देशनमा निर्मित पछिल्लो चलचित्र रातो टिका निधारमा प्रदशनको तयारीमा रहेको छ ।निर्माण कार्य देखी नै लोभ लाग्दो चर्चा बटुल्न सफल निर्देशक अशोकको उक्त चलचित्र असोज १० गते बाट प्रदशनमा आउन लागेको छ ।नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र कलाकार निर्माता तथा निर्देशक अशोक शर्माको छोरा अंकित शर्माको मुख्य अभिनय रहेको उक्त चलचित्रले वैदेशिक रोजगारीको कथा वाचन गर्ने बताइएको छ । २ दशक अगाडि निर्देशक अशोक शर्माले नै निर्माण गरेको चलचित्र अल्लारेमा समाबेश सुपरहिट गीत रातो टीका निधारमाको नाम बाट नै निर्माण गरिएको यस चलचित्रमा चलचित्र अल्लारेको उक्त गीत पनि  रि-एरेञ्ज गरेर यस चलचित्रमा समाबेश गरिएको छ ।त्यस समय महानायक राजेश हमाल र सदाबहार सुन्दरी नायिका करिश्मा मानन्धर माथी छायाकन गरिएको रातो टिका निधारमा को  रि एरेञ्ज गरिएको गीतमा अहिलेकी चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह नव नायक अंकित शर्मा लगाएत कलाकारहरु माथी छायाकन गरिएको छ ।जुन गीत यती बेला नेपाली चलचित्र तथा गीत संगीत प्रेमी दर्शक स्रोताहरु माझ प्रतिक्षित पनि बनी रहेको छ । यसै शिलशिलामा चलचित्रको निर्माण कार्य सकेर प्रदशनको तयारीमा रहेका चलचित्रको निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ ।यस अघी निर्माण टिमले सार्वजनिक गरेको चलचित्रको पहिलो गीत मेरो माया के हो ले नेपाली दशक स्रोता हरुको मन जित्दै सकारात्मक प्रतिकृया बटुली रहेको समयमा उक्त ट्रेलर लाई सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको कमेडी फ्लेवरको ट्रेलरमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह लाई गाउँले युवतीको भूमिकामा देख्न पाइने छ भने नायक अंकित लाई वैदेशिक रोजगारीमा पठाउने एजेन्टको भूमिकामा देख्न पाइने छ ।यस अघी शहरिया युवतीको भूमिकामा देखिदै आएकी नायिका साम्राज्ञी लाई दर्शक हरुले पहिलो पटक गाउँले युवतीको भूमिकामा देख्न पाउने पनि भएका छन ।साथै साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना,रविन्द्र झा,बुद्धि तामाङ,खुश्बु खड्का,राजाराम पौडेल,शिवहरी पौडेल,लक्ष्मी गिरी,बसुन्धारा भुषाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रको सार्वजनिक ट्रेलरले दर्शकमा चलचित्र प्रती उत्सुकता र कौतुहलता बढाउन सफल हुने पनि अनुमान लगाउन सकिन्छ । कलाकार निर्माता तथा निर्देशक अशोक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माको निर्माण रहेको चलचित्र रातो टिका निधार मा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत,सहदेव ढुंगाना, डा,कृष्णहरि बराल र रवि  मल्लको गीत ।गायक प्रमोद खरेल,निशान भट्टराई र गायिका मेलिना राई र अस्मिता अधिकारीले आवाज,मित्र देव गुरुङको सम्पादन रहेको छ ।