03rd September 2019

चलचित्र लभ यु हमेशाको शिर्ष गीत सार्वजनिक ।

भदौ,१७,२०७६ ।चलचित्र लभ यु हमेशाको शिर्ष गीत लाई निर्माण टिमले सार्वजनिक गरेको छ ।त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्र ‘लभ यु हमेशा’ को शिर्ष गीत लाई चलचित्रको प्रचार प्रसारको क्रममा निर्माण टिमले सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको गीत को भिडियोमा  नायक यशराज गरच र नव नायिका फिजा योन्जन लाई रोमाञ्टिक अन्दाजमा प्रस्तुत गरिएको छ ।फिलिपिन्सको समुन्द्री तटमा छायाकन गरिएको गीतमा गायक प्रताप दास र गायिका श्रेया सोताङको स्वर,भासुको शब्द,संगीत र रामजी लामीछानेको नृत्य निर्देशन रहेको छ।कात्तिक २२ गते नेपाल र कात्तिक १५ भारतमा प्रदर्शन हुने उक्त चलचित्रको सार्वजनिक गीतको भिडियोमा यशराज र फिजाको केमेस्ट्री सुहाएको देख्न सकिन्छ ।भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा छायाकन गरिएको उक्त चलचित्र लाई निर्माता यवन गुरुङले निर्माण गरेका छन्। निर्देशक भाष्कर प्रधान निर्देशित चलचित्र लभ यु हमेशामा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा शिब ढकालको छायाकन्, भासुको संगीत, कमल राई र रामजी लामीछानेको नृत्य र एनबी महर्जनका द्वन्द्व निर्देशन रहेको छ ।साथै चलचित्रको सह निर्मातामा मिलन गुरुङ रहेका छन् ।