02nd September 2019

चलचित्र म यस्तो गीत गाउछु २ को छाँयाकन शुरु ।

भाद्र,१६,२०७६ ।चलचित्र म यस्तो गीत गाउँछु को सफलता पछी निर्देशक सुदर्शन थापाले निर्माण गर्न लागेको चलचित्र म यस्तो गीत गाउछु २ को छाँयाकन शुरु भएको छ ।निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण हुन लागेको उक्त चलचित्रको सोमबारदेखि बुढानिलकण्ठको मिराकी वेलनेस रिसोर्टबाट छायाँकन सुरु गरिएको हो । साँगीतिक प्रेम कथामा आधारित रहेर निर्माण गरीन लागेको चलचित्र म यस्तो गीत गाउछु २ मा पनि चलचित्र म यस्तो गीत गाउछु का नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहनेछ ।चलचित्रमा संगीतकार अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छाँयाकन रहने छ। निर्देशक सुदर्शन थापाको कथा,शिवम अधिकारी र दिनेश न्यौपानेको पटकथा र शिवमकै संवाद रहेको चलचित्र को छाँयाकन राजधानी र इलाममा गरिने बताइएको छ भने चलचित्र लाई फागुन २३ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको पनि बताइएको छ ।