01st September 2019

बडिगार्डका साथ चलचित्र मारुनीका कलाकार राजधानीको हल हल मा ।

भाद्र,१५,२०७६ ।गत शुक्रबार बाट प्रदशनमा आएको चलचित्र मारुनी यती बेला सकारात्मक प्रतिकृयाको साथ प्रदशन भैरहेको छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह,नव नायिका रेबिका गुरुङ र नायक पुष्प खड्का अभिनीत चलचित्रले शुक्रबारको तुलानामा शनिबार केही आशा लाग्दो ब्यापार ब्यवसाय गरेको पनि बताइएको छ ।साउथ सुपरस्टार प्रभास अभिनीत चलचित्र ‘साहो’को चेपुवामा परेको चलचित्र मारुनीले मल्टीप्लेक्सको तुलनामा सिंगल स्क्रिनमा उल्लेख्य दर्शकको साथ पाइरहेको पनि बताइएको छ ।साथै निर्मात्री पुनम गौतमले चलचित्रको ‘वर्ड अफ माउथ’बलियो भएका कारण चलचित्र लामो रेसको घोडा बन्नेमा निर्माण टिम पूर्ण विश्वस्त रहेको बताएकी छिन ।समाचार स्रोतका अनुसार चलचित्र मारुनीले शनिबार देशैभर हाउसफुलको ब्यापार गरेको पनि बताइएको छ ।शनिबार दिउँसो दर्शकसँग साक्षात्कार गर्न चलचित्रकी नायिका साम्राज्ञी, अभिनेता पुष्प,नव-अभिनेत्री रेविका गुरुङ,निर्मात्री पुनम गौतम,निर्देशक नवल नेपाल लगायत राजधानीका विभिन्न हल पुगेर दर्शकहरुको प्रतिकृया लिएका थिए ।दुई महिला र दुई पुरुष बडिगार्डका साथ चलचित्रको टिम गोपीकृष्ण हल पुग्दा उनि हरुलाई दर्शकले न्यानो स्वागत गरेको पनि बताइएको छ । साथै चलचित्रमा ‘ट्रान्सजेन्डर'युवतीको भूमिका निभाएकी नायिका साम्राज्ञीले चलचित्र हेर्ने दर्शकहरु बाट सकारात्मक प्रतिक्रिया मिल्दा आफूले गरेको मिहिनेत सार्थक बनेको बताएकी छिन ।त्यसै गरी अभिनेता पुष्पले पनि दर्शकको माया पाएको भन्दै खुशी व्यक्त गरे । नव-नायिका रेविकाले पनि पहिलो चलचित्र बाट नै निकै तारिफ बटुल्न सफल भैरहेकी छिन ।त्यस्तै गत शुक्रबार नै बेलुकी काठमाण्डौको छायाँ सेन्टरमा आयोजित विशेष शोमा चलचित्र मारुनी हेर्न पुगेका स्टार नायक अनमोल के,सीले पनि चलचित्र मारुनीको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।नायक अनमोलले चलचित्र मारुनी हेरिसके पछी मारुनीको कथावस्तु, प्रस्तुति र क्लाइमेक्स उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन ।त्यसै गरी चलचित्र मारुनी हेर्न छायाँ सेन्टरमा पुगेका अभिनेता भूवन के,सीले पनि राम्रो कथामा उत्कृष्ट चलचित्र बनेको भन्दै चलचित्र मारुनीको प्रशंसा गरेका छन ।