01st September 2019

चलचित्र‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक ।

भाद्र,१५,२०७६ ।निर्देशक राम बाबु गुरुङ्को निर्देशनमा निर्माण भएको असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक गरिएको छ ।निर्माण टिमले चलचित्रको प्रचार प्रसारको क्रममा गत शुक्रबार सार्वजानिक गरिएको उक्त ट्रेलर कमेडीले भरिएको छ ।मौलिक विषयवस्तु माथी सफल चलचित्र निर्देशन गर्न सक्ने निर्देशक रामबाबु गुरुङ निर्देशित यो चलचित्रको सार्वजनिक ट्रेलरमा चलचित्रको मुल द्वन्द्व लाई देखाउन खोजिएको छ ।साथै चलचित्रको ट्रेलरले दर्शकमा चलचित्र कबड्डी कबड्डी कबड्डी प्रति कौतुहलता र उत्सुकता जगाउन सफल हुने पनि अनुमान लगाउन सकिन्छ ।यस अघी निर्माण टिमले सार्वजनिक गरेको चलचित्रको ‘दुबो फूल्यो’गीतले नेपाली गीत संगीत प्रेमी दर्शक स्रोताहरुको मन जित्दै चर्चा बटुल्न सफल भैरहेको समयमा कबड्डी कबड्डी कबड्डीको टिमले ट्रेलर लाई सार्वजनिक गरेको हो ।स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा लाई प्रस्तुत गरेको यस चलचित्रको कथा लेखन निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको रहेको छ ।शैलेन्द्र डि,कार्कीको छायाकन, रेनशा वान्तवा राईको कोरियोग्राफी,निमेश श्रेष्ठको सम्पादन रहेको उक्त चलचित्र बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार निर्माता रहेको चलचित्रमा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ ।