30th August 2019

आज शुक्रबार बाट चलचित्र मारुनी प्रदशनमा ।

भाद्र,१३,२०७६ ।आज शुक्रबार भाद्र १३ गते बाट नेपाली चलचित्रको बजारमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नायक पुष्प खडकाको मुख्य अभिनय रहेको चलचित्र मारुनी प्रदशनमा आएको छ ।साथै चलचित्र मारुनी प्रदशनीमा आए सँगै पहिलो पटक एक साथ स्क्रिन सेयर गरेका नायिका साम्राज्ञी  र नायक पुष्पको लागी अग्नी परिक्षा सुरु भएको बताइएको छ । पारिवारिक चलचित्र निर्माण गर्नको लागी सफल मानिएका निर्देशक नवल नेपाल निर्देशित मारुनीले मेकिङ, गीतसंगीत, स्टार कास्ट र ट्रेलरका कारण नेपाली चलचित्रको बजारमा राम्रै चर्चा बटुली रहेको यस चलचित्रले पनि निर्देशक नवलका अघिल्ला चलचित्र हरुले झै सफलता पाउने  पनि अपेक्षा गरिएको छ ।निर्मात्री पुनम गौतमको निर्माणमा त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण गरिएको यस चलचित्रमा साम्राज्ञी र पुष्प को साथमा नव नायिका रेविका गुरुङको पनि प्रमुख भूमिका रहेको छ । तीजको छेकोमा प्रदर्शनमा आएको चलचित्र मारुनीमा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री सह निर्माता रहेका छन ।गोविन्द फुँयाल र निर्देशक नेपालको कथा,संजय लामाको छायाकन्,मित्र डि ।गुरुङको सम्पादन रहेको चलचित्रमा शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्र मारुनीले पुरूष भएर जन्मिएकी तर लिङ्ग परिवर्तन गरेर युवती बनेकी एक ‘ट्रान्सजेन्डर’ पात्रको प्रेमकथा बोल्ने बताइएको छ ।जुन पात्रमा नायिका साम्राज्ञी लाई देख्न पाइने पनि बताइएको छ ।