29th August 2019

चलचित्र गुञ्जनको छायाकन शुरु ।

भाद्र,१३,२०७६ ।द्रन्द निर्देशक अष्ट महर्जनको निर्देशनमा निर्माण हुन लागेको चलचित्र गुञ्जनको छायाकन शुरु भएको छ ।लामो समय देखी द्रन्द निर्देशको रुपमा काम गर्दै आएका निर्देशक अष्ट महर्जनको यो डेब्यु निर्देशन हो ।मंगलबार भाद्र ११ गते पोखरामा चलचित्रको शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको चलचित्र गुञ्जन मा नायिका सारा सिर्पाली लाई मुख्य भूमिकामा देख्न पाइने छ ।नायिका सिर्पाली गत वर्ष प्रदशन माएको चलचित्र ‘सुश्री सम्पत्ति’ पछी  चलचित्र ‘गुञ्जन’मार्फत नेपाली चलचित्रको ठुलो पर्दामा आउन लागेकी हुन ।त्रिकोणात्मक प्रेमकथा माथी निर्माण हुन लागेको चलचित्र गुञ्जन मा महेश दवाडीको कथा रहेको छ्,हिरा कृष्ण शाहीको प्रस्तुती र सुनिता शाहीको लगानी बन्न लागेको चलचित्रमा सारा सिर्पाली, कविर खड्का, प्रितम सेन्चुरी र सरोज खनालको मुख्य भूमिका रहने छ ।चलचित्र लाई राजेश श्रेष्ठले खिचिरहेका छन् ।