28th August 2019

चलचित्र विकास कम्पनीको स्टूडियोमा चलचित्र ''पोइ पर्यो् काले'' को शिर्ष गीत को छायाकन।

भाद्र,११,२०७६ ।नायिका पुजा शर्मा,सृष्टी श्रेष्ठ,नायक आकाश श्रेष्ठ र सौगात मल्ल अभिनित चलचित्र ''पोइ पर्यो् काले'' को शिर्ष गीत को छायाकन यती बेला राजधनीको बालाजुमा अवस्थित चलचित्र विकास कम्पनीको स्टूडियो भित्र भव्य सेट लगाएर भइरहेको छ।छायाकन भैरहेको उक्त चलचित्रको शीर्ष गीत मा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठले कम्मर मर्काइरहेका छन ।नृत्य निर्देशक रामजी लामिछानेको निर्देशनमा छायाकान भै रहेको उक्त गीत को भिडियो लाई  छायाँकार शिव ढकालले छायाकन गरी रहेका छन ।निर्देशक  शिशिर राणाको लेखन तथा निर्देशनमा निर्माण भै रहेको चलचित्र ''पोइ पर्योे काले'' का प्रस्तुत्कर्तामा किरण नेपाली रहेका छन ।राजिव गुरुङ र सरोज नेपालीको लगानी रहेको चलचित्रका कार्यकारी निर्मातामा अमलादेवी राई रहेकी छिन ।संगीतकार अर्जुन पोखरेलको संगीतमा तयार भएको शिर्ष गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, नृपेश उप्रेतीको शब्द छ । कात्तिक ८ गतेबाट प्रदशनमा आउन लागेको चलचित्र ''पोइ काले''को उक्त गीत चलचित्र भित्र एउटा पुजामा घन्किने बताइएको छ । कमेडी कथामा निर्माण भएको बताइएको  उक्त चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिने चलचित्रका नायक सौगात मल्लले बताएका छन ।