26th August 2019

मारुनीको मोफशल टुर सम्पन्न साम्राज्ञीको देखियो लोभ लाग्दो क्रेज ।

भाद्र,९,२०७६ ।भाद्र गते गते बाट मोफसल यात्रा शुरु गरेको चलचित्र मारुनी को मारुनी नेपाल तीज टुर २०१९ सम्पन्न भएको छ ।भाद्र ४ गते इटहरी बाट शुरु भएको उक्त मोफशल यात्रा भाद्र ८ गते नेपालगञ्जामा पुगेर सम्पन्न भएको हो ।चलचित्रको प्रचार प्रसार कार्यक्रमको लागी चितवन, पोखरा, इटहरी र बुटवलमा पुगेकी नायिका साम्राज्ञीको क्रेज पनि उच्च देखिएको छ ।पहिलो कन्सर्ट पुर्वको इटहरी चोकमा सम्पन्न भएको थियो । ४ बजे शुरु भनिएको कन्सर्टमा नायिका साम्राज्ञी भने नायक पुस्पका साथ ७ बजेमात्र स्टेज चढेकी थिइन । तर, नायिका साम्राज्ञीको प्रशसक हरु भने गर्मी को वास्ता नै नगरी ४ बजेबाट नै पर्खिरहेका थिए ।साथै नायिका साम्राज्ञी लाई भेट्न केही युवती फ्यानहरु साम्राज्ञी बसेको होटलसम्म पुगेको पनि बताइएको छ ।त्यसै गरी चितवनको नारायणी किनारमा आयोजना गरिएको कन्सर्ट मा नायिका साम्राज्ञीलाई भिडबाट जोगाउन प्रहरी र बडीगार्डलाई धौ–धौ नै परेको स्रोत ले बताएको छ ।कार्यक्रम को लागी स्टेज पुगेकी नायिका साम्राज्ञीसँग तस्वीर खिचाउनको लागी उनका फ्यानहरु पनि स्टेज नै चढन पुगेका थिए ।चितवनको कन्सर्ट सकिएपछि पनि नायिका साम्राज्ञी लाई उनि बसेको होटलसम्म केहि फ्यान हरुले पिछा गरेको बताइएको छ । चलचित्र ड्रीम्स बाट नायक अनमोल को साथमा नेपाली रजतपट मा डेब्यु गरेकी नायिका साम्राज्ञी को चलचित्र मारुनीको मोफशल यात्रामा देखिएको उनको क्रेज लोभ लाग्दो देखिएको स्रोतले बताएको छ ।साथै चलचित्र मारुनीको निर्माण तिम मोफशल यात्राको क्रम मा रहदा चलचित्र मा  समाबेश तेस्रो गीत सार्वजनिक गरेको छ यस अघी सार्वजनिक गरेको जाम न माया जाम र सक्दिन म बाच्न ले नेपाली गीत संगीत प्रेमी दर्शक स्रोताहरुको मन जिती रहेको अवस्थामा निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो ।भाद्र १३ गते बाट प्रदशन मा आउन लागेको निर्देशक नवल नेपाल को निर्देशन र निर्मात्री पुनम गौतम को निर्माण मा निर्मित चलचित्रमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह,पुस्प खडका नव नायिका रेबिका गुरुङ्को मुख्य भूमिका रहेको छ ।