26th April 2019

चलचित्र बिर बिक्रम २ को ट्रेलर सार्वजनिक ।

बैशख,१३,२०७६ ।आउँदो जेठ ३ गते बाट प्रदर्शनमा आउँन लागेको चलचित्र बिर बिक्रम २ को ट्रेलर सार्वजनिक भएको छ ।निर्देशक मिलन चाम्सको निर्माण र निर्देशनमा निर्मित र नायक पल शाह नाजिर हुसेन र नायिका बर्षा शिवाकोटी अभिनित चलचित्रको सार्वजनिक गरिएको ट्रेलर मा प्रेम, रोमान्स, द्वन्द्व, मित्रता, कमेडी, बदला सबै समेटिएको छ ।साथै ट्रेलरमा अभिनेता द्वय पल शाह र नाजिर हुसेनको मित्रतालाई निकै रोमाञ्चक र मन छुने ढंगबाट देखाइएको छ । यस वर्षको प्रतिक्षीत निर्देशक मिलन चाम्सको उक्त चलचित्रको ट्रेलर लाई बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले सार्वजनिक गरेको हो ।कलाकार बुद्धि तामाङ लाई भिलेनको रुपमा प्रस्तुत गरिएको चलचित्र बिर बिक्रम २ को यस अघी चलचित्रमा समाबेश गीत ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’बोल को गीत लाई सार्वजनिक गरी सकिएको छ ।सार्वजनिक गरिएको उक्त गीत ले अहिले नेपाली गीत संगीत प्रेमी दर्शक स्रोता हरुको मन जित्दै राम्रो हाइप निर्माण गरि रहेको छ । करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र‘बीर विक्रम’ को सिक्वेल बिर बिक्रम २  फरक कथावस्तुमा निर्माण भएको चलचित्रका निर्देशक तथा निर्माता चाम्सले बताएका छन् । चलचित्रमा सुदीप बरालको छायाँकन्,हिमाल केसीको द्वन्द्व निर्देशन, प्रदीप भारद्धाजको कथा रहेको छ ।अर्पण सापकोटा सह निर्माता रहेको चलचित्रमा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।